काँग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै, नयाँ अधिवेशन बारे आज टुङ्गो लाग्ने

File Photo

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ९ बजे बस्ने भएको छ । १४ औं महाधिवेशन तयारीमा केन्द्रित रहेर सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक बस्न लागेको काँग्रेसले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । जसअनुसार आज बिहान निजी निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको छ । आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यतामाथि देखिएका विवाद हल गर्ने हो । पार्टी कार्यालय सानेपामा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । बाराका कार्यकर्ता धर्ना बसेको १३ दिन भइसकेको छ । यहाँ सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता तथा कार्यकर्ता एकअर्काका मागविरूद्ध धर्नामा छन् ।

पार्टी कार्यालयको आँगन, मुलढोका र पहिलो तलामा धर्ना र आमरण अनशन रहेकोले कांग्रेसले सानेपामा बैठक नगरेर बूढानिलकण्ठमा बैठक गर्न लागेको छ । कांग्रेसमा १२५ वडामा क्रियाशीलबारे विवाद छ । केन्द्रीय क्रियाशील छानबिन समितिले विवाद रहेका वडाको फाइल केन्द्रीय समितिमै फिर्ता पठाइदिएको छ । विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्ने कि के गर्ने भन्ने आजको बैठकले टुंगो लगाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्