हस्ताक्षर दुरुपयोगदेखि प्यानल परिवर्तनसम्म

प्रधानमन्त्री बन्ने दौडाहाको सांसद तानातान लज्जास्पद समेत रह्यो । काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल पक्षबाट हस्ताक्षर गरिएका भनेका कतिपय नेताले त्यसको इन्कार गरेका छन् । उनीहरुले विगतमा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरमा यसमा दुरुपयोग गरिएको बताए ।

एमाले एकतामा आघात पर्ने गरी विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कार्यमा आफ्नो सहमति नरहेको उनीहरुले प्रस्ट्याएका छन् । एमाले नेता योगेश भट्टराईले भने हस्ताक्षरका क्रममा इन्कार गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफू इतिहासको कठोर मूल्याङ्कनमा खडा भएको बताएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्