प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान सुरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए ।

उनले आफ्नो सरकारले राष्ट्रियतादेखि विकास निर्माणका काममा धेरै राम्रा गरेकाले सरकारलाई विश्वासको मत नदिनु पर्ने कुनै कारण नभएको बताए। उनले सबै सांसदहरूलाई आफूलाई मत दिन आग्रह गरे ।

संसदमा बोल्दै अरू दलका नेताहरूले भने ओली सरकारको तीव्र आलोचना गर्दै उनलाई विश्वासको मत नदिने बताए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन् । नेकपा एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने आजको बैठकमा अनुपस्थित छन् । यसरी हेर्दा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्