बाँके – बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय, बाँकेले एक सूचना जारी गर्दै बैशाख १३ गतेबाट बाँकेमा लागु गरिएको निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्म बढाइएको जानकारी गराएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा यस अघिकै मापदण्ड तोकिएको छ ।