दार्चुलाको लेकम घर भएका सशस्त्र प्रहरी निरीक्षकको ड्युटीमै बेहोस भएर मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – ड्युटीमै अचानक बेहोस भई ढलेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

बोर्डर आउट पोष्ट कबहीगोठ बारामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४५ वर्षीय नारायणसिंह ऐरको मृत्यु भएको हो । उनी दार्चुला लेकम गाउँपालिका–३ का हुन् ।सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका अनुसार बिहीबार दिउँसो आमहड्तालमा ड्युटीमा खटिएका उनी हिँड्दाहिँड्दै अचानक बेहोस भएका थिए । उपचारकालागि हेलिकप्टरमा काठमाडौं लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको हो । उनको शव आफन्तलाई बुझाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्