काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ ।
आइतबार राष्ट्रिय सभालाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।