काठमाडौं – केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माफी माग्नु भएको छ ।
आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार ग¥यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उहाँले बताउनुभयो । ‘ओली गणतन्त्रवादी आन्दोलनमा पक्षमा छैनन् भन्ने पनि थाहा थियो, बयलगाढाको सिद्धान्त पनि थाहा थियो’, संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो,
ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उहाँको आरोप छ ।