काठमाडौँ – बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ हजार ९ सय ५४ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै ८४३ जना काठमाण्डौँ उपत्यकाका रहेका छन् ।
आज ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
आज २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन्् भने अहिलेसम्म १ लाख २१ हजार ८ सय २४ जना डिस्चार्ज भइसकेको छन ।