१५ प्रश्न राजनीतिज्ञसँग : राजु बिक्रम चाम्लिङ, खोटाङ जिल्ला युवा इन्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला युवा इन्चार्ज राजु बिक्रम चाम्लिङ राजनीतिक गतिविधिमा सक्रिय नेताको रुपमा चिनिनुहुन्छ । कोभिड–१९ तथा कोरोना भाइरसले विश्व आक्रान्त भइरहेका बेला त्यसबाट नेपाल पनि अछुतो रहन् सकेन् ।
कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिहरुलाई समेत यो अतिरिक्त बोझको रूपमा आएकोले धान्न मुस्किल परेको छ । क्वारेनटाइन व्यवस्थापन र त्यहाँ परिचालन हुने जनशक्तिको अभाव पर्याप्त श्रोत साधन र विषयवस्तुको गाम्भीर्यताका कारण पनि सोचे जस्तो काम गर्न नसकेकोमा दुई मत छैन । तापनि आफ्नो क्षमताले भ्याएसम्म सकारात्मक प्रयास भने गरेको देखिन्छ ।
कोरोनाको प्रभाव परेका बेला नेपालमा लामो समय लकडाउन भयो । उक्त समयमा अभाव, महंगी बढ्नुका साथै गरिबी रेखामुनी रहेका व्यक्ति, मजदुर र विद्यार्थी भने झनै मारमा परे । आफ्नो ठाउँका विद्यार्थी तथा अन्य जिल्ला बासीलाई गृहजिल्ला फर्काउन चाम्लिङको महत्वपूर्ण भूमिका रह्यो । यसैगरी काठमाडौँमा अलपत्र परेकाहरुलाई केहि खाद्यान्न लगायतका आवश्यक सामग्रीहरु दिएर उद्दार समेत गर्नुभयो ।
यी यस्तै विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला युवा इन्चार्ज राजु बिक्रम चाम्लिङसँग उपहार खबरले गरेको संक्षिप्त कुराकानी यसप्रकार छ ।

१. हाल केमा व्यस्त हुनुहुन्छ ?

सामान्य राजनीतिक गतिविधिहरुमा र सामाजिक कार्यहरुमा ।

२. दशैं के कसरी मनाउनु हुन्छ ?
दशैं यसै गरी मनाउने भन्ने योजना छैन । सामान्यतय विगतको दिनहरु जस्तै तरिकाले नै हुनेछ । टिका खासै लगाइन्न ……….. बाँकी सामान्य भेटघाट तथा केही अन्तर्राष्ट्रिय भर्चअल वैठकहरु हुनेछन् ।

३. सामाजिक संजालहरुमा हेर्दा निकै राजनीतिक गतिविधिमा सहभागीता हुनु भएको देखिन्छ नी ?
खासगरी खोटाङ जिल्ला कम्युनिष्टहरुको वाहुल्य भएर पनि स्थानिय निर्वाचनमा हाम्रो हलेसी तुवाचुङ नगरपालीका नेपाली कांग्रेसले जितेको हुनाले नेकपा प्रतिपक्ष भएको हुनाले पनि अलि बढी खबरदारी कार्यक्रमहरु भएकोले अलिबढी गतिविधिहरु भएको हो ।

४. खोटाङ जिल्लामा मात्रै होकी अन्य जिल्लाहरुमा नेकपाको गतिविधि बढेको हो ?
सामान्य रुपमा अन्य जिल्लाहरु भन्दा अलि बढी नेकपाको गतिविधि खोटाङ जिल्लामा भइ रहेको छ ।

५. यहाँ सामाजिक अभियान्ता पनि भनेर जनता माझ चिनिनु हुन्छ । यहाँले केही गर्नु भएको उदाहरणिय कार्यहरु बताइदिनुस ।
विगत ९ महिना देखी नेपालमा पनि कोरोनाले नेपाली जनताहरुलाई तहसनहस बनाइरहेको छ । जब चैत्र ११ गतेबाट लकडाउन शुरु भयो तब दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने, परिवार पाल्ने नेपाली दाजुभाईहरु तथा डेरा लिएर अध्ययन गर्न काठमाडामैं उपत्यकामा वाहिरबाट आएका विद्यार्थीहरुलाई विहान र वेलुकाको छाक टार्न हरेक हिसाबले गाह्रै थियो ।

त्यो समय राज्यले पनि समस्यामा परेका सबैलाई राहत व्यवस्थापन गर्न सकेका थिएनन् । साथै अन्य निकायहरुबाट पनि आर्थिक व्यवस्थापन गर्न त्यति सजिलो थिएन । यसकारण लकडाउनको समयमा नै भएता पनि आफ्नो नगरपालीका हलेसी तुवाचुङका जो विपतमा परेका मजदुर, विद्यार्थीहरु थिए, उपचारको लागी काठमाडौं आएर अलपत्र परेका थिए उनीहरुलाई गाउँ फर्किनको लागी व्यवस्थापन गरियो । जसमा युवा संघको तर्फबाट हलेसी नगरका ३०० जनालाई गाउँ फर्काइयो । भने हलेसी नगरसँगको समन्यवमा करिब १४०० जनताहरु नगर गाउँमा फर्काउन व्यवस्थापन गरियो । काठमाडौंबाट जनताहरु गाउँ फर्किदा त्रास भएता पनि काठमाडौंमा छाकछाकी भएको समयमा गाउँ फर्कन पाउँदा भोको रहन परेन ।

६. के राहतहरुको पनि व्यवस्थापन गर्नु भयो ?
हजुर, खासगरी काठमाडौंमा रहेका विद्यार्थी, मजदुर गर्ने दाजुभाईहरु, विरामी उपचारको लागी आएको अलपत्र परेकाहरुको लागी पहिले आफ्नो वडा र नगरलाई लक्षित गरी हाम्रो पहलमा १५० परिवारका भाडामा वसेकाहरुलाई केही रुपमा भएता पनि चामल, तेल, दाल लगायत सयोग गरियो । साथै हाम्रो खोटाङ जिल्लाको प्रतिनिधि सभासदस्य मा. विशाल भट्टराई लगायतको सहकार्यमा करिब ९०० खोटाङ जिल्लाका परिवारहरुलाई तत्कालको आपतकालिन राहत व्यवस्थापन र वितरण गरयौं ।

७. अन्य सामाजिक सेवाहरु पनि छ ?
हलेसी नगरको आफ्नो वडा दुर्छिम माविको नयाँ भवन बनिरहँदा होलैसुङ समूह भन्ने एक सामाजिक सेवा गर्ने समूहको तर्फबाट २ लाख ५५ हजार आर्थिक सहयोग गर्यौं । यसै गरी केही वर्ष अगाडी नगरको कार्यालयबाट उदयपुर जोड्ने प्रादेशिक सडक हाम्रो पहलमा करिब ७५ लाख रकम स्वऐच्छिक रुपमा चन्दा संकलन गरेर ट्रयाक कच्चि सडक निर्माण गरियो । यसैगरी हलेसीमा आगालागी भएर प्रत्यक्ष रुपमा ४ घर खरानी हुँदा हाम्रो पहल र समन्वयमा देश तथा विदेशसी सहयोगी हातहरु मार्फत करिब १५ लाख बराबरको आर्थिक संकलन गरेर वितरण गर्यौं । यसै गरी हाम्रा गाउँका दाजुभाईहरु जो विदेशमा जाँदा अलपत्र पर्ने, विरामी पर्ने, जेल परेकाहरुलाई निकाल्न र कतिपय मृत्य भएकाहरुलाई लाश ल्याउन समेत आवश्यक समन्वय र सहयोगहरु गरिंदै आएका छौं ।

८. यहाँ युवा संघमा पनि आवद्धता भएकोले युवासंघले गरिरहेको केन्द्र तथा जिल्लाको क्रियाकलापहरु के छन् ? यस संगठनले नेपाली जनताहरुको लागी के कस्तो सहयोग गरिरहेका छन् ?
खासगरी कोरोनाको कारण युवा संघको जिल्ला र पालीकाहरुमा सपथ ग्रहण कार्यक्रमहरु गर्न बाँकी रहेका छन् । तर पनि स्थानिय स्तरमा आवश्यकता हेरेर युवा भेला, राजनीतिक प्रशिक्षण कार्यक्रमहरु संचालन भइरहेका छन् । यसले कम्तिमा जनताहरुमा स्थानिय सरकारको बजेट कार्यान्वयन, दावी गर्ने अधिकार र आफ्नो अधिकार खोज्ने बारेमा जनताहरुमा चेतना थप्ने काम हुँदै आएको छ । साथै लकडाउनले समस्यामा पारेकाहरुलाई घर पठाउने, आपतकालिन रासनको व्यवस्था लगायत वाडी पैरोमा परेकाहरुलाई तत्काल उद्धार र राहत व्यवस्थापनको कार्यहरु गर्दै आएको छ ।

९. यहाँ आफैमा सामाजिक अभियान्तासँगै राजनीतिक क्षेत्रमा पनि हात हाल्नु भएको छ । तर अहिलेको नेपाली युवाहरुले राजनीतिलाई फोहोरी खेल भन्छनी ? यहाँलाई त्यस्तो लाग्दैन ?
आजको विश्व समाज, २१औं शताब्दीको विज्ञान राजनीतिक चेतनाको कारण सम्भव भएको हो । अमेरिका र युरोप देशहरु विकसित हुनुमा पनि सही रुपमा राजनीतिक चेतना भएर सही रुपमा कार्यान्वयन हुँदा विकसित देश हुन सफल भएको हो । यसकारण जबसम्म राजनीतिलाई सकारात्मक रुपमा बुझ्न सकिन्न वा जबसम्म राजनीति नै देशको प्रमणाली बसाउने मुख्य अंग हो भनेर बुझ्न सकिन्न, तबसम्म नेपालको राजनीति अवस्था यस्तै भइरहन्छ, र नेपालीहरुले दुःख पनि पाइनै रहन्छ । यसकारण सकिन्छ, राजनीति गरौं, सकिन्न सकारात्मक रुपमा राजनीतिलाई बुझ्ने प्रयास गरौं । अनि मात्र देश विकास सम्भव छ । जनताहरु चनाखो नभइन्जेल राजनीति झमेला यस्तै भइरहन्छ ।

१०. यहाँले अन्तर्राष्ट्रिय देशहरु युरोप अमेरिका लगायतको बारेमा कुरा गर्नु भयो, यहाँले सुनेको भरमा कुरा गर्नु भयो वा यहाँ आफै प्रत्यक्ष घुमेर अनुभव लिनु भएको हो ?
विभिन्न सामाजिक, राजनीतिक अभियानको क्रममा करिब डेढ दर्जन देशहरुको भ्रमण गर्ने अवसर मिलेका छ । जसमा अमेरिका, युरोप तथा अफ्रिका लगायतका देशहरुमा, संयुक्तराष्ट्र संघको महासभाहरुमा समेत उपस्थिति हुने अवसर मिलेको थियो । यसकारण प्रत्यक्ष भ्रमण, कार्यक्रमहरुमा सहभागीताको आधारमा आफ्नो कुराहरु राखेको हुँ ।

११. यहाँ आफै युवा भएको हुनाले यहाँलाई लाग्ने के भयो भने नेपाली युवाहरुलाई देशमा नै स्वरोजगार स्थापना गर्न सकिन्छ ?
अहिले ७५३ वटा स्थानिय तहको सरकारहरु छन् । ती सबै तहका युवाहरु बेरोजगार छन् । तर ती युवाहरुमा क्षमता, योग्यता, सिप नभएर बेरोजगार भएका होइनन् । र उनीहरुमा सबैमा क्षमता सिप भएर पनि विदेशीन बाध्यता भएको छ । यसकारण कम्तिमा आफ्नो पालीकाको युवाहरुलाई क्षमता, योग्यता र सिप अनुसारको व्यवसाय संचालन गर्न, अस्थायी रोजगारको व्यवस्थापन गर्न र स्थानिय तहको अवस्था हेरेर उद्यमी क्षेत्रमा लगानी गरिदिएमा निश्चित रुपमा उनीहरुलाई रोजगार स्थापित गर्न सकिन्छ ।

१२. पुन तपाईको जिल्ला तिर फर्कोउ । त्यहाँको स्थानिय सरकारले गरिरहेको क्रियाकलापमाहरुमा युवा संघ र पार्टीले कस्तो भूमिका खेली रहेको छ ? सकारात्मक सहकार्य छ ?
हाम्रो हलेसी तुवाचुङ नगरपालीकामा नेपाली कांग्रेसको बहुमत स्थानिय सरकार भएकोले अलिबढी नै हालिमुहाली गरिरहेका छन् । जस्तो जनताले तिरको कर जनताको लागी आएको विकासे बजेटहरु नातावाद, नेका पार्टी प्रवेश गर्ने सर्तमा, जागिर लगाइदिने प्रलोभनमा लगायत विषयहरुमा जनताहरुलाई भ्रममा पार्ने गरेका छन् । यसबारेमा जनताहरुमा चेतना जगाउने काम युवा संघ र पार्टी गाउँ अभियान संचालन गर्दै आएको छ ।
१३. हलेसी तुवाचुङ नगरपालीकामा निकै धेरै बेरुजु आएको छ भन्ने हल्ला छनी ? के यो सत्य हो ?
हलेसी नगरको गएको तीन वर्षको अडिट सरकारी निकाय मार्फत गर्दा १४ करोड बेरुजु आएको सत्य हो ।

१४. यो त धेरै ठुलो रकम बेरुजु देखिन्छ नी ? यस बारेमा नगरको प्रतिक्रिया के कस्तो आइरहेको छ ?
यो बेरुजु खोटाङ जिल्लाकै दश पालीकाहरु मध्ये सबैभन्दा धेरै बेरुजु भएको पालीकामा पर्छ । यसलाई नगर प्रमुखज्यूले हल्का रुपमा लिएर केही शिक्षकहरुको तलव लगायतको केही रकमहरु प््राक्रियागत रुपमा व्यवस्थापन गर्न बाँकी रहेकोले त्यस्तो भएको हो भनेर मेडियाहरुमा आफ्नो मत राख्दै आउनु भएको छ । तर उहाँले जसरी हल्का रुपमा लिनु भएको छ, त्यो त्यस्तो होइन । नेपाल सरकारले लेखापरिक्षण गर्दा जुनजुन हिसाबाट बेरुजु देखाएको छ, त्यो त्यति सजिलो छैन, व्यवस्थापन गर्न । तै पनि यो व्यवस्थापन गर्ने जिम्मा नगरको भएको हुनाले, यो के हुने भन्ने बारेमा भविष्यले नै बताउँला ।

१५. अबको योजनाहरु के छ ?
हामी आफुले आफुलाई मात्र व्यवस्थापन गर्दा पनि केही रुपमा सामाजिक हिसाबले, आर्थिक हिसाबले सवल हुन सक्छौं । हामी जहिले पनि म भन्दा पनि हामी भन्ने भावनाले अगाडी बढेमा हामी सबै नेपाली समाजको सकारात्मक परिबर्तन र देश विकास सम्भव छ । आफ्नो तर्फबाट सामाजिक र राजनीतिक क्षेत्रमा सक्ने कार्यलाई निरन्तरता दिंदै समाज र देशको लागी केही रुपमा भएता पनि सहयोग गर्र्नेे योजना छ ।

अन्तमा नेपाली दाजुभाईहरुमा शुभकामना ………..
चाड आफैमा अर्मुत वस्तु हो । सबै चाडहरु आउँदैमा सबैमा सबै कुराहरु आउँछ भन्ने हुन्न । तर ती चाडहरु मनाउन कम्तिमा हाम्रो आत्मा देखी नै भावना आउँछ । खुशीको भावना आउँछ । त्यो खुशीले हामीमा केही रुपमा भएता पनि सकारात्क सोचको विकास हुन्छ । यसकारण यिनै सकारात्मक सोचाई भावना पैदा गराउने चाडहरु दशैं, तिहार, छठ, नेपाल सम्वत लगायत सबै चाडहरु जुनजुन समुदायहरुले मनाउँछौं, सबै चाडहरुको सबैले सम्मान गर्दै खुशी साथ मनाऔं । यसैले हामी नेपालीमा हामी भन्ने भावना र सम्मानको विकास हुनेछ । सबै चाड मनाउनुहुनै सबैमा हार्दिक शुभकामना ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्