गणेशसिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिकामा घर माथिबाट पहिरो खस्दा पुरिएर २ जनाको मृत्यु भएको छ । यस्तै ३ जनाको घाइते भएका छन् । मृत्यु हुनेमा लेकम गाउँपालिका-५ का 26 वर्षीया अर्जुन दर्जी र १८ वर्षीया मिलन दर्जी रहेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । यसैगरी घाइते हुनेमा लक्ष्मी दमाई, छोरा सुबम दमाई र सोनिया दमाई रहेका छन् ।
गाउँपालिकाको वडा नं. ८ शंकरपुर पस्तीमा घर माथिबाट पहिरो खस्दा पुरिएका ३ जनाको उद्धार गरिएको हो । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नगरेन्द्रसिँह धामीको विशेष पहलमा उद्दार भइरहेको छ । मंगलबार विहान ३ बजेतिर माथिबाट पहिरो खस्दा घर आशिंक रुपमा पुरीएको छ ।
घाइते हरुलाई उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज लगिने अध्यक्ष धामीले जानकारी दिए ।