सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु

सांकेतिक तस्बिर

रौतहटमा सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो ।

आफ्नो छोरालाई पिटेको निहुमा स्थानीय गणेश शहनिको श्रीमति २० बर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ बर्षीय कृष्ण शहनिलाई शुक्रबार सांझ मर्नासन हुनेगरी कुटपिट गरेको थिइन् । गम्भीर चोटपटक लागेका ५ बर्षिय नाबालक कृष्ण शहनीको उपचारको क्रममा आज सुकदेव चौकस्थित नेपाल तराई अस्पतालमा मृत्यु भएको हो ।
यसैबीच कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी शहनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक नाबालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्