काठमाडाैँ – देशका ५ जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ जिल्ला कोरोनामुक्त भएको बताए । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला रहेका छन् । यसैगरी मंगलबार २ सय ५५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । भने अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।