काठमाडाैँ – नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ सय ९३ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
जसमा प्रदेश नं. १ मा ६९४ जना संक्रिमित छन् भने ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नं. २ मा ४ हजार १ सय ६० जना संक्रमित छन भने २ हजार ३४ जना डिस्चार्ज भइसकेका छन । बागमती प्रदेशमा ५ सय ६३ जना संक्रमित छन भने २ सय ३४ जना डिस्चार्ज भएका छन ।
गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जना संक्रमित छन् भने १ सय १४ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नं. ५ मा ३ हजार ९ सय ६८ जना संक्रमित छन् भने १ हजार ७ सय २५ जना डिस्चार्ज भइसकेका छन् ।
कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ जना संक्रमित छन भने १ हजार १ सय ९१ जना निको भएर घर फर्किसकेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जना कुल संक्रमित छन् भने ६ सय ८० जना अहिलेसम्म कोरोना जितेर घर फर्किसकेका छन् ।