कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु

काठमाडौँ – कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्