सांसद बडूको प्रश्नः दार्चुला जिल्ला छ भन्ने युवा तथा खेलकुद मन्त्रालयले विर्सेको हो ? (भिडियो सहित)

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले दार्चुला जिल्लाबारे मन्त्रालयलाई जानकारी छ की छैन भनेर प्रश्न गरेका छन् ।
शुक्रबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद बडूले सो प्रश्न गरेका हुन् । उनले दार्चुलामा भएको एउटा कबडहल पनि २०७० सालको बाढीले बगाएको र त्यस पछि मन्त्रालयबाट कुनै योजना पनि दार्चुलामा नपर्नुले दार्चुला जिल्ला छ भन्ने मन्त्रालयलाई सम्झना नै नआएको प्रति सांसद बडूले आपत्ति जनाए । साथै उनले मार्मा क्षेत्र, गोकुलेश्वर र लेकम क्षेत्रमा एउटा कबडहल निर्माणको लागि मन्त्रालयको ध्यानाकर्षण समेत गराए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्