मधेश प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार

File Photo

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभारसमेत सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोक्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा मधेश प्रदेश प्रमुख कर्णलाई कोशी प्रदेश प्रमुखको जिम्मेवारीसमेत प्रदान गरिएको उल्लेख छ ।

यसअघि कोशी प्रदेश प्रमुख रहनुभएका पर्शुराम खापुङले पाँच वर्षे कार्यकाल पूरा गरेपछि गत कात्तिक २३ गते पदबाट बिदा हुनुभएको थियो । उहाँ पदमुक्त भएपछि कोशी प्रदेश प्रमुखको जिम्मेवारी रिक्त रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्