पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । प्रहरीले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । भारतमा पक्राउ परेका अर्याललाई सीमा क्षेत्र पार गराएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो । गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई नेपाल-भारत सीमा क्षेत्रमा पक्राउ गरिएको हो । तर उहाँनिकट स्रोतले भने भारतको कोलकाताबाटै पक्राउ गरिएको दाबी गरेको छ ।

मलेसिया पठाउने श्रमिकसँग रकम असुली गरी ठगी गरेको आरोपमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतबाट उहाँविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

यस प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परिसक्नुभएको छ । त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परिसक्नुभएको छ ।

उनीहरूमाथि मलेसिया सरकारसँग भएको सम्झौताविपरीत श्रमिकसँग रकम सङ्कलन गरी ठगी गरेको आरोप लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस प्रकरणमा संलग्न रहेको आरोपसहित जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्