प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज जानकारी दिने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउने भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी, भ्रमणका क्रममा उठाइने एजेन्डा, नेपालले प्रस्तुत गर्ने राष्ट्रिय धारणा तथा भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डललगायत विषयमा जानकारी दिन मन्त्रालयले प्रेस ब्रिफिङ आयोजना गर्न लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित विषयमा मन्त्रालयका अधिकारीहरूले जानकारी गराउनेछन्।

प्रधानमन्त्री शाह आगामी ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ। भ्रमणका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको भ्रमणलाई लिएर राजनीतिक, कूटनीतिक तथा आर्थिक क्षेत्रबाट समेत चासो व्यक्त भइरहेका बेला परराष्ट्र मन्त्रालयले आयोजना गर्न लागेको प्रेस ब्रिफिङलाई महत्त्वका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्