महिला यू-१९ टी-२० विश्वकपका १५ खेल नेपालमा हुने

Photo: Kantipur

काठमाडौँ – नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा सञ्चालन हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन्।

आगामी माघ ७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १६ टोलीले सहभागिता जनाउनेछन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ छन्। त्यसैगरी, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (यूएई) तथा समूह ‘डी’ मा इंग्ल्यान्ड, श्रीलङ्का, अमेरिका र स्कटल्यान्ड रहेका छन्।

नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल माघ ८ गते आयरल्यान्डसँग खेल्नेछ। त्यसपछि नेपालले भारत र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्