काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय उपसभापति, समावेशी उपसभापति तथा महामन्त्री पदमा नयाँ नेतृत्व चयन भएको छ। उपलब्ध विवरणअनुसार केन्द्रीय उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी भएका छन्। त्यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीतर्फ खुला समूहबाट प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् भने महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त निर्वाचित भएकी छन्। महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।




