नुवाकोटमा ८० हजारभन्दा बढी हैजाविरुद्धको खोप पठाइयो, रसुवामा बिहीबारदेखि अभियान

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप र आवश्यक स्वास्थ्य सामग्री प्रभावित जिल्लामा पठाएको छ ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको हो । खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ ।

यसअघि रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको छ । रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायतका पानीजन्य रोगको सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा रोग रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा खोपको पहुँच विस्तारसँगै खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्