इन्धन आपूर्तिमा समस्या देखिएसँगै ‘जोर-बिजोर’ प्रणाली लागू गर्न सकिने संकेत

FILE PHOTO

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन थालेपछि सरकारले आवश्यक परे ‘जोर–बिजोर’ प्रणाली लागू गर्न सकिने संकेत दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रतिभा रावल ले ऊर्जा बचतका लागि सरकार गम्भीर रहेको बताइन् । उनका अनुसार हाल थोक बिक्री नियन्त्रण गर्नुका साथै उच्च पदस्थ अधिकारीहरूको इन्धन सुविधा कटौती गरिसकिएको छ ।

आवश्यकता परे सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिने चेतावनी दिँदै सरकारले नागरिकलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारी प्रयोग बढाउन आग्रह गरेको छ ।

सरकारले दीर्घकालीन रूपमा सवारी साधनलाई वैकल्पिक ऊर्जामा रूपान्तरण गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ । यसका लागि इथानोल नीति निर्माणको काम भइरहेको र विद्युतीय सवारीसाधन (ईभी) पूर्वाधार विस्तारमा प्रतिबद्धता जनाइएको छ ।

मन्त्री रावलले सरकार पारदर्शी रहेको उल्लेख गर्दै ऊर्जा संकटको सम्भावित असर कम गर्न सबैलाई संयमित र सचेत हुन आग्रह गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्