संसदमा उठेका विषयहरुलाई बेवास्ता नगर्न सांसद ठगुन्नाको आग्रह

काठमाडौं – दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाले संसदमा उठाइएका विषयलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ । नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्तावको समर्थन गर्दै प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले नयाँ जनादेशबाट प्रतिनिधिसभा निर्माण भएकाले जनताको चाहना अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा, सीमा सुरक्षाका सवाल, जनताको आकांक्षा र आवश्यकतामाथि संसदमा गम्भीर छलफल भई समाधान निकालिनुपर्ने बताउनुभयो ।

विगतका कमीकमजोरी सुधार गर्दै आगामी दिनमा प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले ग्रामीण भेगका आधारभूत आवश्यकता जस्तै घोरेटो बाटो, खानेपानी, सिँचाइ तथा सडक निर्माणप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

सदनमा उठाइएका विषयहरूको समयमै सुनुवाइ हुनुपर्नेमा जोड दिँदै उहाँले अब जनप्रतिनिधिहरूले मन्त्री, सचिव वा कर्मचारीको ढोकामा पुगेर निवेदन दिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्