धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री नियुक्त भएका छन् । कमलबहादुर शाहले शिवराज भट्ट लाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका नेता भट्ट यसअघि आन्तरिक तथा मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन् । उहाँलाई आजै साँझ ५ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।
यो मन्त्रालय गत असारदेखि रिक्त रहँदै आएको थियो । उक्त अवधिमा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आउनुभएको थियो ।
यसअघि मन्त्री रहेका रामेश्वर चौधरी लाई आर्थिक अनियमितताको आरोपपछि पदबाट हटाइएको थियो । त्यसपछि खाली रहेको मन्त्रालयमा भट्टको नियुक्ति गरिएको हो ।







