काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज केही समयका लागि बिजुली कटौती गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोल परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरबाट सेवा लिइरहेका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिनेछ। नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्रमा रहेका ११ केभी क्षमताका पोलहरू परिवर्तन गर्नुपर्ने भएकाले उक्त क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। बिजुली कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले सेवाग्राहीसँग क्षमायाचना समेत गरेको छ।








