नेकपा सचिवालय बैठक बुधबारका लागि बोलाइयो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ ।
सोमबार बरिष्ठ नेता माधव कुमार नेपाल निवास कोटेश्वरमा भएको छलफलले मंगलबार बैठक बोलाउने भने पनि विविध कारणले मंगलबार बस्न सकेको थिएन । मंगलबार नै अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्