त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र हङकङले बाँडे अंक

काठमाडौँ –  त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा पर्न थालेको पानी नरोकिएपछि रेफ्रिले खेल रद्द गरेका हुन्। टस जितेर पहिले बलिङ गरेको नेपालले आठौं ओभरसम्म पुग्दा २ विकेट लिएको थियो। आज करण केसीले पहिलो बलमै विकेट लिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्सन झाले हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए।

हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो। गुल्सनबाट आउट हुनुअघि कप्तान खानले २५ रन बनाएका थिए भने ओपनर अन्शी रथले २४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३६ रन बनाएका थिए। दुई विकेटपछि बाबर हायत ब्याटिङमा आएका थिए। उनले तीन बल खेलेपछि पर्न थालेको पानी धेरै बेर सम्म नरोकिएपछि खेल रद्द भएको हो। त्यसअघि पाचौं ओभरको खेल चलिरहँदा पनि वर्षाका कारण खेल केहीबेर रोकिएको थियो। खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन्। नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्