गायक तथा संगीतकार भुवनप्रकाश बडू अब नेपाली कथानक सिरिएल सिन्दुर पोतेमा देख्न पाइने

काठमाडाैं – गायक तथा संगीतकार भुवनप्रकाश बडू अब नेपाली कथानक सिरिएल सिन्दुर पोतेमा देख्न पाइने भएको छ । फिल्मी नायकको रुपमा बडूसँगै किशोर खतिवडा, काँजल भूजेल मुख्य पात्रको रुपमा देख्न सकिनेछ ।

राज बहादुर सानेको निर्देशनमा बन्न लागेको कथानक सिरिएल सिन्दुर पोतेमा कृष्ण खड्का, मोहन भट्टराई, सारदा कँडेल, अनिता श्रेष्ठ, जानुका विश्वकर्मा समेत कथामा पात्रको रुपमा देखिनेछन् ।

विशाल र विरेन्द्रको छायांकनमा बन्न लागेको उक्त सिरिएल केहि दिनमा दर्शकहरुले हेर्न पाउनेछन् । समाजका घटनाहरु समावेश गरिने यस सिरिएल आम दर्शकहरुको रोजाइ बन्ने निर्माता पक्षले विश्वास लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्