भारतको कोलकत्तामा मदरल्याण्ड स्कुलका विद्यार्थी सहभागी

भक्तपुर – पौष १८, भारतको कोलकत्ता शहरमा यहि पौष २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट ५ खेलाडि २०८० पौष १८ गते मास्टर लक्ष्मण वस्नेतको नेतृत्वमा प्रस्थान गरेका छन् ।

मदरल्याण्ड स्कुल भक्तपुरको कक्षा ८ मा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता जयराम विक जुनियर अन्डर ४८ केजी तर्फ र मदरल्याण्ड स्कुलकी पूर्व विद्यार्थी एवं मदरल्याण्ड समूहबाट प्रशिक्षित महिला सिनियर अन्डर ४९ केजी तर्फ आरती सिखंवाल लगाएत जुनियर अन्डर ५९ केजी तर्फ निशान्त लामिछाने, सिनियर अन्डर ६८ केजी तर्फ शान्त कुमार राणामगर र अस्तिक नकर्मीले ताइक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेल्नेछन् ।

नेपाल, भारत, बगंलादेश, भूटान लगायत देशका खेलाडिहरु सहभागी हुने खेलमा ताईक्वानडो आईटीएफ़ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत बिशेष अतिथिको रूपमा आमन्त्रित भएका छन् । सहभागी टोली लाई बनेपा १३ स्थीत विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौड़ेलले मन्दिर प्रांगणमा वैदिक परम्परा अनुशार मन्त्रोचारण गरी सफलताको आशीर्वाद दिनूभई बिदाई गर्नु भएको थियो ! साथै मदरल्याण्ड स्कुल भक्तपुरका २ खेलाडिलाई स्कुलकी व्यवस्थापक शर्मिला देउजाले विदाई तथा शुभकामना दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्