मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ

काठमाडौं, १५ मंशिर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ परेका छन ।

 

प्रहरीका अनुसार ललितपुरबाट ४ जना र बाँकेबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

साथै ललितपुरबाट ४ वटा र बाँकेबाट १ वटा मोटरसाइकल बरामद भएको छ ।

 

ललितपुर, ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–२ घर भई ललितपुर महानगरपालिका–९ बालकुमारी खरिबोट बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।

 

चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका–१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२ ०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको हो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र ०२ ०३७ प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र ०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र ०२ ०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका–२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

यसैगरी, बाँके, नेपालगंज उपमहानगरपालिका–८ बस्ने अतहर हुसेनको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय अजय सिंह बाडिया र सोही उपमहानगरपालिका–९ बस्ने रमेश भन्ने हरि सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालिका–१८ जनता ग्यारेज अगाडिबाट उक्त चोरी गरेको मोटरसाइकलको रङ परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्