प्रचण्डको तस्वीर सेयर गर्दै बाबुरामले भने – हामी कता जाँदैछौँ, देश कता जाँदै छ ?

काठमाडौँ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले उनको बचाउ पनि गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन् । उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?’ भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्