तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढ्यो, लू को खतरा, अझै केही दिन वर्षा नहुने

काठमाडौं – तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लू को खतरा बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लू को खतरा बढेकोले सतर्कता अपनाउन सुझाव दिएको छ ।

विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात लू चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले सतर्क रहन आवश्यक रहेको बताएको छ ।

आज शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको हो । अझै केही दिन वर्षा नहुने सम्भावना रहको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्