रास्वपा नेताहरु र चिनियाँ दूतावासको टोलीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी र नेपालस्थिति चिनियाँ दूताबासको टोलीबीच भेटवार्ता भएको छ । रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर र अर्का एक अधिकारीसँग भेट गरेका हुन् ।

सहमहामन्त्री बुर्लाकोटीका अनुसार पार्टी नेताहरुसँग भेटघाट गर्ने दूतावासको प्रक्रिया अनुसार नै उनीहरुले रास्वपाको टोलीसँग भेट गरेको हो । भेटमा नेपाल र चीनबीचको सम्बन्धका विषयमा कुरा भएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्