कस्तो रहला आजको मौसम ?

काठमाडौँ – तहाल देशमा पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा पनि मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना छ। ‘मौसम बदली हुने, पानी पर्ने र रोकिने क्रम चलिरहने महाशाखाले जनाएको छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्