सांसद बरालले गरिन् संसदको रोष्टमबाटै सरकारलाई प्रश्न – सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? (भिडियो)

काठमाडौँ – नेकपा एमालेकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले सार्वजनिक संस्थानप्रतिको धारणा के हो ? भन्दै सरकारलाई संसदको रोष्टमबाटै प्रश्न गरेकी छिन्।
उनले बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सरकारलाई यस्तो प्रश्न गरेकी हुन् ।
‘सार्वजनिक संस्थान प्रति हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका हुन्छौँ, सार्वजनिक संस्थान प्रति देश वा सरकारको धारणा के हो प्रष्ट रुपमा बुझिएको छैन, या यसलाई सम्बोधन गर्न खोएिको छैन’ सांसद बरालले भनिन्, ‘सबै पार्टीले सुविधा अनुसार सार्वजनिक संस्थानका बारेमा बोलेको पाइन्छ, तर यो नीति तथा कार्यक्रमले हाम्रा सार्वजनिक संस्थानहरुका समस्याका बारेमा सम्बोधन गरेको छैन ।’

सरकारले नीति तथा कार्यक्रमलाई सच्याउनु पर्ने समेत उनको भनाई छ । उनले आजै संसदको शुन्य समयमा आन्दोलनरत नर्सहरुका बारेमा समेत संसदमा आवाज उठाएकी थिइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्