नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको हो : ओली

File Photo

काठमाडाैं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका छन्।

उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै जुनसुकै किसिमको छानबिनका लागि आफू र आफ्नो दल तयार रहेको बताए।

उनले आफू दोषी उम्काउने पक्षमा नरहेको भन्दै निष्पक्ष र तटस्थ ढङ्गले जाँच गरिनुपर्ने बताए।

उनले भने, “हामी सधैँ भ्रष्टाचारको विपक्षमा छौँ। छानबिन होस भन्ने पक्षमा छौँ। निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु। दोषी उम्काउने र निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ किनभने यो कुरा भोलि अझ भयावह रूपमा निस्कन्छ।”

उनले थपे, “आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिँदैन। ९७५ जना मान्छेसँग पैसा उठाइएको छ। यो चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ।”

उनले प्रमुख तीन दलका नेताहरू पटक पटक भेट गर्दा “दुइटा नेता दूधमा नुहाएका र म चाहिँ ल न मेरा मान्छे बचाइदेऊ भनेर म्याउँ म्याउँ ग¥यो“ भन्ने खालका टिप्पणी भएका भन्दै ओलीले आफू “भोकै मर्ने तर घाँस नखाने“ बताए।
यसमा आफू नेतृत्वको सरकारलाई जोडेर आरोप लगाइएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको सरकार रहँदा शरणार्थी सम्बन्धी कार्यदल गठन गरिएको भए पनि आफ्नो बेलामा उक्त प्रतिवेदन समितिमा पठाउने बाहेक केही नगरिएको दाबी गरे।

उनले भने, “मैलै अध्ययन गर्न भनेर ‘होल्ड गरे’ मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाए। मलाई त पिङ खेलाएको खेलाइ हुनुहुन्थ्यो। त्यस बेला मुद्दा मामिला, धुलोमा मिलाइदिन्छु भनेको छ, मसँग कागजतिर हेर्ने समय पनि थिएन। तर म सरकारमा नभएपनि त्यति बेला अर्कै सरकारले फिर्ता पठाएको मैले सुनाएको छु। त्यो ४२९ जना वास्तविक भुटानी शरणार्थी नै थिए।”

उनले थपे, “त्यसपछि कागज फेरियो। माथिको कभर चाहिँ उही राखियो। तलको व्यक्तिहरूको सूची चाहिँ परिवर्तन गरियो। परिवर्तन गर्ने को हो? खोज्नु पर्दैन? परिवर्तन गर्ने खोजौँ न।”

उनले यो काण्डबारे गएको वर्षको जेठमा प्रहरीकोमा उजुरी पर्दा किन गुपचुप राखियो र मिलाउने प्रयास गरियो भन्ने प्रश्न पनि गरेका छन्।

पचाउन र दबाउनसक्ने घटना नभएकाले नै भुईँचालो आएको भन्दै ओलीले कसैले पनि यसलाई रोक्न नसक्ने भएपछि प्रकरणले विस्फोटक स्वरूप लिएको बताए। बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्