संसदमा ओलीले भने – सरकारको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य छैन

File Photo

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै ओलीले मुलुक आर्थिक मन्दीको चपेटामा परेको अवस्थालाई सुधार गर्न नीति तथा कार्यक्रममा कुनै योजना नभएको बताएका हुन्।

उनले वर्तमान सरकारको नीति नै ‘नीति शून्य नीति’ रहेको बताए।

‘उद्धेश्य छैन। कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन, सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो।’ ओलीले भने । ओलीले यस्तो नीति तथा कार्यक्रमले देशलाई स्थायित्व र अग्रगमनको गन्तव्यमा पु¥याउन नसक्ने बताए। सरकारले सम्मानित सदन र नेपाली जनतालाई देशको यथार्थ आर्थिक अवस्थाको जानकारी गराउने आँटसम्म नगरको ओलीको आरोप छ।

तथ्यांक कार्यालयको विवरणअनुसार मुलुक गम्भीर आर्थिक मन्दीतर्फ जाँदै गरेको देखिएको तर सरकार सबै ठिकठाक छ भन्ने ढंगले प्रस्तुत भएको उनले बताए। ‘परिस्थितीको सामना गर्ने उत्साह,आँट, उपाय र चिन्तन कहिँपनि देखिँदैन। अथवा सरकार सदनलाई छल्न खोज्दैछ,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्