काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले बनाए सञ्जाल, संयोजक सुनिता डंगोल

काठमाडौं  – काठमाडौं उपत्यकाभित्रका उपप्रमुखहरूले ‘उपप्रमुख सञ्जाल’ गठन गरेका छन्।  मंगलबार बालाजुमा भएको भेलाले गठन गरेको उपप्रमुख सञ्जालकी संयोजक भने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल भएकी छन्। कानूनले उपप्रमुखलाई दिएका अधिकार बारेमा समान धारणा निर्माण गर्ने, साझा मुद्दाहरूमा सहकार्य गर्दै जाने, चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान खोज्न सञ्जाल गठन गरिएको उनीहरूको भनाइ छ।

सञ्जालले सामूहिक क्षमता विकास र कानूनी तथा संस्थागत विकासमा सहकार्य गर्ने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्