नगर उपप्रमुखले लगाइन् प्रमुख प्रशासकीय अधिकृतकाे कार्यकक्षमा ताला

काठमाडौँ – तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा जनप्रतिनिधिहरूले ताला लगाइदिएका छन्। नगरसभामा विवाद बढ्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक पक्षीय ढंगले काम गरेको भन्दै उपप्रमुख जगेश्वरदेवी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिहरूले ताला लगाएका हुन्।

तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभाको शुक्रबारको तेश्रो र आइतबारको चौथो बैठकमा ज्ञवालीले आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न नदिएको र नगरप्रमुख रामकृष्ण खाणले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरेको एमाले निकट जनप्रतिनिधिहरूको आरोप छ। उपप्रमुख चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भूमिका विवादास्पद रहेको र नियोजित रूपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थिति गराएको आरोप लगाइन्। चौधरीले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकाले नैतिक हिसाबले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने उनको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्