बेदकोट नगरको ११औँ नगर सभा : कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तार

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरमा कम्पोष्ट मल कारखाना स्थापनादेखि दैजी औद्योगिक क्षेत्र विस्तारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबारदेखि शुरु भएको बेदकोट नगरको ११औँ नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी आर्थिक बर्ष २०७९/०८०का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानको समस्यालाई मध्यनजर गर्दै नगरमै कम्पोष्ट मल कारखाना स्थापनाको योजना अघि सारेका छन ।

मेयर बोहराले प्रदेश सरकारसंगको सहकार्यमा नगरका किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि मल कारखाना खोल्ने कार्यक्रम अघि सारेका छन । यसका साथै मेयर बोहराल प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दैजी औद्योगिक क्षेत्रमा उद्योग स्थापना र विकास गर्न आवश्यक पहल प्रयन्त गर्ने, उद्योगको भोगाधिकार प्राप्त गर्न बाँकी रहेका कामलाई छिट्टै सम्पन्न गर्ने पूर्वाधार निर्माण गर्न सम्बन्धीत निकायसंग समन्वय गरिने जनाएको छ ।

आर्थिक विकास र ठुलो संख्यामा स्थानीयलाई रोजगारी दिलाउनका लागि औद्योगिक संचालनको विकल्प नभएको मेयर बोहराले बताए । मेयर बोहराले सयौँ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । ग्रामिण विद्युतिकण, सडक कालोपत्रे, खेलकुद विकास, शिक्षा, पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य विकास, समाजिक सुरक्षा भत्ता वितरण प्रणाली, विपन्नको छानो स्तरबृद्धि, बजारीकरण, पर्यटन विकास लक्षित वर्गका कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि होमस्टे, नदेबाली, व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरिएको छ । विपन्न महिला, नागरिकलाई तालिम दिने कार्यक्रमलाई अघि बढाईने छ । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण,सहकारी खेती प्रणाली विस्तार गरिएको छ । ‘एक घर एक करेसाबारी, ‘हरियो नगर, भलमन्सा, बडघर परम्परा संरक्षण सम्र्बद्धन, नगरको राजस्व सम्भावना खोजी तथा पहिचान गरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग मार्फत नगरको सम्बृद्धिका लागि राजस्व सम्भाव्यता अध्ययन गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्