अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु

काठमाडौँ – अफगानिस्तानमा बुधबार बिहान ठुलो भूकम्प आएको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ६.१ म्यागनिच्युडको भूकम्प आउँदा २५० जनाको ज्यान गएको छ । भूकम्पका कारण १५० जना भन्दा धेरै घाइते भएका छन् ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको खोस्त शहरभन्दा ४० किलोमिटर टाढा रहेको छ ।

अफगानिस्तानको पक्तिका राज्यमा सबैभन्दा ठुलो क्षति भएको बीबीसीले जनाएको छ । सो राज्यमा घरहरु ढलेको तथा घाइते हरुलाई स्ट्रेचरमा बोक्दै लगेको तस्बिरहरु सामाजिक संजालमा छरिएका छन् । यसैगरी खोस्त, गजनी, लोगार, काबुल, जलालाबाद र लगमनमा पनि भुकम्पले असर परेको बताइएको छ । भूकम्पको झट्का अफगानिस्तान, पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो । स्थानिय समय अनुसार भुकम्प राती एक बजेर ३० मिनेटमा आएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्