अन्तर प्रदेश गाडी भाडा झन्डै ८ प्रतिशतसम्म बढ्यो

काठमाडाैं – यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्