काठमाडौँबाट धनगढी जाँदै गरेको बसका सहचालक खोलामा खसेर बेपत्ता

File Photo

काठमाडौँ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्। उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए।

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक हुन्। उनी बसबाट झरेर चाउचाउ किन्न पसलतर्फ गएका थिए। खोलामा खसेका उनको एउटा चप्पल फेला परेको छ।

उनको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्