नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो ।

क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।

त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्