दार्चुलाको दुहुँमा एमालेका नरेन्द्र वडाल विजयी

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन् । नेपाली काँग्रेस दार्चुलाका सचिव एबं गठबन्धनका साझा उम्मेदवार पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन् ।

अध्यक्षमा वडालले दुई हजार ८८६ मत प्राप्त गर्दा कार्कीले दुई हजार ७९६ मत प्राप्त गरे । उपाध्यक्षमा भने कांग्रेसकी शान्ति बम १२ मतान्तरले विजयी भएकी छिन् । बमले दुई हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ताराकेशरी कुवँरले दुई हजार ८३१ मत प्रप्त गरिन् ।

दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २ को वडाअध्यक्षमा कांग्रेश वडा नम्बर ५ मा माओबादी केन्द्र र वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र बडाल र उपाध्यक्षमा कांग्रेसका शान्ति बम विजय भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्