अशोककुमार चन्दको नेतृत्वमा बेदकोट नगरपालिकाले ५ बर्षमा गरेको महत्वपूर्ण कामहरु

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले ५ बर्षको अवधिमा गरेको मुख्य कामहरु सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाले सबै क्षेत्रमा गरेको कामहरुको सूचि सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचन भएपश्चात बेदकोट नगरपालिकाले नेकपा एमालेबाट जनप्रतिनिधि पाएको हो । जसमा अशोक कुमार चन्दलाई जनप्रतिनिधिको रुपमा नगर प्रमुख हुने अवसर जुट्यो । देश संघीयतामा गएपश्चात बेदकोट नगरपालिकाको पहिलो नगर प्रमुखको रुपमा अशोक कुमार चन्दले नेतृत्व पायो । पहिलो बर्ष सिकाई भएतापनि उहाँले स्थानीय सरकार सञ्चालन ऐनले दिएको परिधिभित्र रहेको नगरको बिकासमा जुटिरहे । त्यसपश्चात विभिन्न बाधा अवरोध आइरहे । पटक पटक शृङखलाबद्ध रुपमा आएको कोभिड–१९ तथा कोराना भाईरसले पनि केहि विकास निर्माणका काममा अवरोध पनि नगरेको होईन । त्यस अवधिमा नगरको सम्पूर्ण बजेट कोरोना नियन्त्रणमा खर्च गर्नुपर्यो ।

यद्यपी विकास निर्माणले भने गति लिन छोडेन । संघीय तथा प्रदेश तहबाट विशेष पहल गरिनुका साथै नगरको आन्तरिक आयाश्रोतलाई मिलाएर पूर्वाधार विकासमा नगरपालिका जुटिरह्यो । यस्तै बाधा अवरोध छिचोल्दै नगरपालिकाका गतिविधि अघि बढाउदै अशोक कुमार चन्द नेतृत्वमा नगरपालिकाको ५ बर्ष सफल बर्षको रुपमा परिणत भए । नेतृत्वकर्ता तथा मेयर चन्द कुनै पनि विवादमा नपरि नगरका गतिविधि अघि बढिरहे । २०७९ सालमा उहाँको कार्यकाल पुरा भएको छ । यस अवधिमा गरेको मुख्य कामहरु यसप्रकार रहेका छन् ।

२० वर्षे (मास्टर प्लान) नगर गुरु योजना बनाएर काम गरेको ।
आवधिक योजना निर्माण गरी काम अघि बढाएको ।

 पक्की पुल तथा झोलुङ्गे पुल निर्माण

१. वेदकोट नगरपालिका भित्र ९ वटा पक्की पुल निर्माण कार्य सम्पन्न भएका छन ।
– वेदकोट वडा नं १ र २ जोड्ने पथरिया नदिको पक्की पुल,
– वडा न. २ र ३ जोड्ने जडेपानी नदीमा पक्की पुल, वेदकोट,
– वडा नं २ बशन्तथला र वडा न. ३ पेलीताल जोडने पक्की पुल,
– वडा न. ३ दैजी लिप्ना जोगबुडा बुडर जाने सडकको खलगौडी बेदकोट खोलाको पक्की पुल,
– वेदकोट वडा न. ३ भम्का र वडा न ४ बगुन साजगाड खोला भम्का नदीमा पक्की पुल,
– वेदकोट १० राना दैजी र शुक्लाफाटा निकुञ्ज बेल्डाँडी जाने हुलाकी सडकको बल्मा नदीमा पक्की पुल,
– वडा न. ३ र वडा न. ४ बैतडा घटाल थान जाने सडकको दैजी खोला बैतडा नदि पक्की पुल,
– वडा न ५ पोल्खरी र वडा न. ६ सिसैया जोडने चौधर नदीमा पक्की पुल,
– वेदकोट नगरपालिका १० अछामी टोल र भिमदत्त नगरपालिका १९ जोड्ने कनकट्टी नदीमा पक्की पुल
२. २ वटा पक्की पुल निर्माणाधिन अवस्थामा रहेका छन ।
३. ५ वटा पक्की पुलको माटो परिक्षण भएर टेण्डर भएको छ । पथरिया नदी, कनकट्टी नदी, गैलनदी, बगुन खोला र चौधर नदीमा पक्की पुलको ठेक्का भएको छ ।
४. ७ वटा पक्की पुल निर्माणका लागी सर्भे भएर बजेट व्यवस्थापनका लागी पत्राचार गरिएको छ ।
५. ४ वटा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएका छन ।
६. ३ वटा झोलुङ्ग पुल निर्माणाधिन अवस्थामा रहेका छन । यसै वर्ष निर्माण कार्य सम्पन्न हुनेछन ।

सडक यातायात पुर्वाधार

१. ६५ वटा सडक कालोपत्रे गरिएका छन । (धार्मिक पर्यटकिय क्षेत्र, वडाका मुख्य सडकहरु)
२. १७७ वटा सडकलाई सडक स्तरोन्नती गरिएका छन ।
३. ३८२ वटा सडकमा सडक ग्राईभेल गरिएको छ ।
४. ८० वटा साघुरा सडकलाई फराकिलो बनाईएका छन ।
५. सडक नपुगेका गाउँ बस्तीमा सडक खोलीएको छ ।
६. मुख्य बजार क्षेत्रहरुमा सडक किनारमा ड्रेन (नाली) निर्माण गरिएका छन ।
७. सडक÷बाटोमा सयौं स्थानमा स्लाम कल्भर्ट निर्माण गरिएका छन ।
८. दैजी लिप्ना जोगबुडा सडक कालोपत्रे भएको छ ।
९. सुडा गाउजी–मुसेपानी–चुनेपानी, डडेल्धुराको पर्शुराम जाने सडक नयाँ ट्रयाक खोलेर ड्रेन निर्माण गरी सडक स्तरोन्नती गरिएको छ । आधा क्षेत्रमा सडक कालोपत्रे भएको छ ।
१०. भुडा–झजपुरा गाउजी–रौटेला वृद्धाश्रम सडक कालोपत्रे भईरहेको छ ।
११. वेदकोट चक्रपथ सडक ३÷४ ठाउँबाट कालोपत्रे भईरहेको छ ।
१२. दैजी औद्योगिक क्षेत्र जाने पहँच मार्गको सडक फराकिलो गरी सडक स्तरोन्नती गरिएको छ ।
१३. ३÷४ वटा सडक बहुवर्षिय ठेक्कको सम्झौता भएर अगाडी बढेको छ ।
१४. वेदकोट नगरपालिका क्षेत्रमा हुलाकी सडक कालोपत्रे भई सकेको छ ।
१५. नक्शामा सडक भएका र चलनचल्तीमा सडक नभएका ५ दर्जन सडक खोलेर गा्रभेलिङ गरिएको छ ।
१६. सडक बत्ति र सिसि क्यामेरा जडान गरिएको छ ।
१७. नगर यातायात योजना पास गरेर सडक बर्गिकरण गरी काम गरी रहेका छौ ।
१८. जैबिक, धार्मिक मार्ग निर्माणको काम सुरु भएको छ ।

 १३ वटा खानेपानी आयोजनाहरु वेदकोट नगरपालिका

१. ३ वटा खानेपानी आयोजनाको काम सम्पन्न भएको छ ।
(१) सुडा टाउन खानेपानी आयोजना वडा नं. ६,७ र ८।
(२) बैजनाथ खानेपानी आयोजना वेदकोट वडा नं. ९ र १० ।
(३) नवदुर्गा खानेपानी आयोजना वेदकोट वडा नं. १० सिसैया हरपाल ।
२. हात्तिथला खानेपानी, झरना खानेपानी, दैजी खानेपानी, शिवलिंगा खानेपानी, धरमपुर खानेपानी आयोजना वडा नं १, २, ३, ४ र ५ वडाका
खानेपानी आयोजनाको काम ८५% काम सम्पन्न भएको छ । बाँकी काम यसै आर्थिक वर्षमा सम्पन्न हुनेछ । (२०७९ असार सम्म)
३. ५ वटा खानेपानी आयोजनाको काम सम्पन्न भएका छन र ओभरहेड पानी ट्यांकी निर्माण पाईप लाईनको काम २०७९ चैत्र सम्म सम्पन्न हुने गरी काम अघि बढेको छ ।
४. चालु अवस्थामा रहेका खानेपानीका आयोजनाहरुको मर्मत सम्भार र लाईन बिस्तार गरिएको छ ।
५. ८६० जना गरिब विपन्न परिवारलाई खानेपानीका लागि हेण्ड पम्प र पाईप बितरण गरिएका छन ।

स्वास्थ्य क्षेत्रको काम

१. वेदकोट नगरपालिकाका सबै वडाहरुमा कम्तीमा १÷१ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गरेको छ ।
२. १० वटै वडाहरुमा वेदकोट नगरपालिकाले टेण्डर मार्फत आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको काम सम्पन्न भएको छ ।

३. ६ वटा वडामा बर्थिङ्ग सेन्टरका भवन निर्माणको काम सम्पन्न भएको छ ।
४. गाउँघर क्लीनिकका भवन निर्माण भएका छन ।
५. डाक्टर, स्वास्थ्यकर्मीसहितको कोभिड अस्पताल संचालन गरी २ वर्ष देखि सेवा दिदैँ आइरहेको छ ।
६. आइसोलेसन भवन र अक्सिजन प्लाण्ट निर्माण भइरहेको छ ।
७. १५ सैया अस्पतालको निर्माणका लागि १९ करोडको टेण्डर भएर काम अगाडी बढिरहेको छ ।
८. ५० सैया वेदकोट नगर अस्पतालको बहुवर्षिय ठेक्काको प्रक्रिया अगाडी बढेको छ ।
९. सु.प. स्वास्थ्य निर्देशनालयले स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ काम गरे बाफत वेदकोट नगरपालिकाले सम्मान र पुरस्कार प्राप्त गरेको थियो ।
१० नवजात शिशु नगर स्वागत कार्यक्रम संञ्चालन गरेको छ । नवजात शिशुलाई न्यानो लुगाका लागि रु. १००० दिने व्यवस्था सुरुको वर्षदेखि लागू गरिएको छ ।
११. स्वास्थ्य स्वयंम सेविकाहरुलाई वार्षिक रु १०,००० ।– प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।
१२. अवकास हुँदा स्वास्थ्य स्वयंम सेविकाहरुलाई २ लाख दिने व्यवस्था गरिएको छ ।
१३. कोभिडको रोकथाम, नियन्त्रण उपचार र खोपको व्यवस्था : ११ वर्ष भन्दा माथि सबैलाई खोप लगाइएको छ ।
– ५,१०० घरधुरीमा कोभिडले प्रभावित पारेको समयमा राहत वितरण गरिएको छ (लक डाउन)
– PCRपरिक्षण, RDT Test निःशुल्क भइरहेको छ ।
– क्वारेन्टाईन व्यवस्थापन १९ वटा स्थानमा संचालन गरिएको थियो ।
– सीमा क्षेत्रबाट आउने व्यक्तिहरुलाई ल्याउने व्यवस्था गरिएको थियो ।
– आईसोलेसन भवन निर्माण भएको छ ।
– निशुल्क एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।
– स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालन गर्न मास्क र सेनिटाईजरहरु वितरण गरिएका थिए ।
– महाकाली प्रादेशिक अस्पताललाई १० लाख सहयोग गरिएको थियो ।
– कोभिडका बेला होम आइसोलेसन बसेका बिरामीलाई स्वास्थ्य उपचारका लागि घर घरमा गएर स्वास्थ्यकर्मीको टोलीद्वारा उपचार गरिएको थियो ।
– मृत्यु भएका घरका आफन्त र पीडितहरुसँग भेटघाट गरिएको थियो ।
– अक्सिजनको व्यवस्थापन गरिएको थियो ।
१४. एम्बुलेन्स, शवबाहन र दमकल खरीद गरी आम नागरिकलाई निशुल्क सेवा संचालन गरेका छौं ।
१५. विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
१६. वेदकोट नगरपालिकाका विपन्न, गरिब असहाय बिरामीहरुको उपचारका लागि नगरपालिकाबाट २१ सय भन्दा बढी व्यक्तिको उपचारका लागि वडा कार्यालयको शिफारिसमा आर्थिक सहायता उपलब्ध गराइएको छ ।
१७. अशक्त, असहाय र वेवारिसे मनो सामाजिक बिरामीहरुको उपचार र पुर्नस्थापना गरिएको छ ।
१८. विपन्न घर परिवारलाई कोभिड (कोरोना) रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य किट बितरण गरिएको छ ।

शिक्षा क्षेत्र

१. कक्षा कोठा अभाव भएका वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि २ कोठे, ४ कोठे, ६ कोठे, ३ कोठे र १२ कोठे गरी १०० वटा कक्षा कोठा निर्माण भएका छन ।
२. विज्ञान प्रयोगशाला, क्ष्ऋत्, पुस्तकालय, शौचालय, विद्यालयको गेट, बाउन्ड्रि निर्माण, खानेपानीको व्यवस्था, खेल मैदान निर्माण, सरस्वती मन्दिर निर्माण, पार्क निर्माण लगायत बिभिन्न पूवाधार निर्माण भएका छन् ।
३. विद्यालयमा ई–हाजिरीको व्यवस्था गरिएको छ ।

४. विद्यालयका छात्राहरुका लागि स्यानेटरी प्याड ब्त्ः मेसिन सुरुको वर्ष देखि विद्यालयमा जडान गरी स्यानेटरी प्याडको व्यवस्थासहितको सेवा प्रदान गरिएको छ ।
५. वाल विकासका शिक्षकहरुलाई ६००० रुपैया तलबबाट बृद्धि गरी १५,००० पु¥याइएको छ ।
६. सामुदायिक विद्यालयका शिक्षकहरुको तलब वृद्धि गरिएको छ ।
७. सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत निजि श्रोतका शिक्षकहरुलाई वेदकोट नगरपालिकाले सेवा सुविधा वृद्धि गरेको छ ।
८. छात्रवृति कार्यक्रम संचालन गरिएको छ ।
९. १० वर्षे शिक्षा योजना निर्माण गरिएको छ ।
१०. वडाहरुलाई साक्षर घोषणा र नगर साक्षर घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
११. पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरी लागू गरिएको छ ।
१२. विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ ।
१३. पढ्नमा राम्रो र घरको आर्थिक अवस्था कमजोर भएका विपन्न घर परिवारका विद्यार्थीहरुलाई निःशुल्क भर्ना गरी पढाउने व्यवस्था गरिएको छ ।
१४. गरिब जेहेन्दार विद्यार्थीहरुलाई जो पढ्न चाहन्छन, तर आर्थिक श्रोत नभएर पढ्न नसक्ने विद्यार्थीहरुलाई प्राविधिक शिक्षा पढ्न छात्रवृती दिने कार्यक्रम रहेको छ । प्राविधिक जनशक्ति उत्पादन गर्न डाक्टर, पाइलट, नर्स, ओभरसियर, एयर होस्टेज, ब्ल्ःरज्ब्रव्त्ब् का लागि त्यो व्यवस्था गरिएको छ ।
१५. विद्यालय भर्ना अभियान संचालन गरी विद्यालय बाहिर रहेका बालवालिकाहरुलाई विद्यालय भर्ना गरिएको छ ।

 उर्जा तथा जलस्रोत/सिंचाई क्षेत्र

१. वेदकोट नगरपालिकामा १८० वटा सिंचाईका लागि आर्टीजन बोरीङ, समरससेवल पम्प, डिप टियूबवेल लगायत सिंचाई बोरिङहरु विभिन्न बस्तीमा जडान भएका छन् ।
२. महाकाली सिंचाई तेस्रो चरणको आयोजनाको काम अन्तर्गत वेदकोट नगरपालिका क्षेत्रमा मूल नहरको काम सम्पन्न हुने क्रममा रहेको छ । र, संरचना निर्माण गर्न टेण्डर भएर काम अघि बढेको छ ।
३. साना सिंचाई अन्तर्गत विभिन्न बस्तीमा कुलो निर्माण भएका छन् ।
४. सिंचाई बोरिङका लागि विभिन्न साझेदार संस्थासँग साझेदारीमा काम भइरहेको छ ।
५. महाकाली सिंचाई तेस्रो चरण आयोजनाको कमाण्ड एरिया बाहेक सिंचाइँ नपुगेको क्षेत्रका लागि भूमिगत सिंचाई परियोजना लागु गरिएको छ ।

कृषि क्षेत्रमा वेदकोट नगरपालिका

१. किसानहरुलाई कृषि क्षेत्रमा आकर्षण गराउन कृषकलाई व्यवसायिक र आधुनिकीकरण गर्न ट्रयाक्टर, पावर ट्रिलर, सिंचाई बोरिङ, कृषि यन्त्र, विभिन्न औजार, बिऊ बिजन प्रदान गर्नुका साथै प्रविधि सिकाइएको छ ।
२. वेदकोट नगरपालिकाले कृषिमा पकेट क्षेत्र बनाएको छ ।
– आलु पकेट क्षेत्र
– प्याज पकेट क्षेत्र
– च्याँउ पकेट क्षेत्र
– खुर्सानी पकेट क्षेत्र
– बेसार पकेट क्षेत्र
– अदुवाको पकेट क्षेत्र
– लसुनको पकेट क्षेत्र
– तरकारीको पकेट क्षेत्र बनाएर निः शुल्क बिऊ बिजन, मल र औंजार प्रविधि हस्तान्तरण गरेको छ ।
३.कोभिडबाट रोजगारी गुमाएका ४२० भन्दा बढी किसानलाई कृषिमा उद्यमी बनाइएको छ ।
४. वेदकोट नगरपालिका वडा नं. १० मा कोल्ड स्टोर निर्माणको काम अघि बढेको छ ।
५.कृषि क्षेत्र र किसानहरुका लागि विभिन्न कार्यक्रम संचालन भइरहेका छन् ।
६. किसानको नगदे बाली र अन्य बालीका लागि १८० भन्दा बढी स्थानमा सिंचाई बोरिङ जडान गरिएको छ ।
७. बिऊ प्रशोधन भवन निर्माण भइरहेको छ ।
८. प्रधानमन्त्री कृषि धान जोन कार्यक्रम र गहँु जोन कार्यक्रम लागू गरिएको छ ।
९. धान र गहँु लगायत बालीका लागि अनुदानमा बिउ उपलब्ध गराइएको छ ।
१०. विभिन्न बालीमा लाग्ने रोग नियन्त्रण र विषादीको व्यवस्थापन गरिएको छ ।
११. तरकारी बगर खेतीलाई प्रोत्साहन गर्दै विभिन्न सहयोग गरिएको छ ।

पशुपालन क्षेत्र

१. वेदकोट नगरपालिकामा दुग्ध डेरी उद्योग स्थापना र संचालन हुँदै आएको छ । आवश्यक पर्ने विभिन्न सामाग्री, मेसिन प्रविधि हस्तान्तरण गरिएको छ ।
२. वेदकोट नगरपालिकाका विपन्न गरिब किसानहरुलाई उत्पादनसँग जोडिएको छ । जस अन्तर्गत
– बाख्रा बितरण
– बंगुर वितरण
– कुखुरा वितरण गरी व्यवसायिक तालिम दिएर उद्यमी बनाउने कार्यक्रम निरन्तर चलिरहेको छ ।
३. सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्न वेदकोट नगरपालिकाको वडा नं. ६ चुनेपानीमा गौशाला संचालनमा रहेको छ, उक्त गौशालामा ४०० भन्दा बढी गाई गोरु रहेका छन् । सडक, नहर, सार्वजनिक क्षेत्रमा रहेका सामुदायिक चौपाया बिभिन्न समयमा पटक पटक गरी ७० पटक भन्दा बढी छाडा चौपायालाई सार्बजनिक स्थान, सडक, नहर, वन क्षेत्र, नदी क्षेत्रबाट लगेर नगरपालिकाद्धारा बनाइएको चुनेपानी गौशालामा व्यवस्थापन गरिएको छ ।
४. वेदकोट नगरपालिका तरकारी, कुखुरा, अण्डा र दुधमा आत्मनिर्भर भएको छ ।
५. पशुपंछीहरुको नश्ल सुधार कार्यक्रम संचालन गरिएको छ ।
६. तालिम दिएर व्यवसायिक बाख्रा, कुखुरा, बंगुरपालन कार्यक्रम संचालन भएको छ ।

नदी कटान रोकथाम तथा नियन्त्रण

१. वेदकोट नगरपालिकामा साना खहरे खोला र ठूला नदी १०÷१२ वटा रहेका छन् । ती नदीहरुले कृषियोग्य जमिन कटान गर्दा बगर बनाउने गरेको छ । त्यसैले नदी कटान रोक्न योजनाबद्ध नदी तटबन्ध गर्नका लागि गुरु योजना निर्माण भई नदी तटबन्ध कार्य भइरहेको छ ।
२. ६५ वटा भन्दा बढी ठाउँमा नदी तटबन्ध कार्यक्रम सम्पन्न भएको छ । यो आर्थिक वर्षमा पनि ४५ वटा भन्दा बढी स्थानमा तटबन्ध गर्न टेण्डर भएको छ ।
३. नदी कटान रोकथाम नियन्त्रण गर्ने बहूवर्षिय योजनाको टेण्डर भएका छन् । मुसेपानी, गाउजी नदी, बछेला नदी र बगुन खोलामा बहूवर्षिय नदी तटबन्धको ठेक्का भएको छ । अन्य नदी र खोलाहरुमा गुरुयोजना अनुसार काम अघि बढाइने छ ।

प्रशासकिय भवन र वडा कार्यालय निर्माण

१. वेदकोट नगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण पहिलो आर्थिक वर्षमा सम्पन्न भएको थियो ।
२. वेदकोट नगरपालिका सबै वडाबाट सेवा संचालन ३ महिनामै शुरु गरिसकेको थियौं ।
३. वेदकोट नगरपालिकामा वडा कार्यालयका भवनहरु निर्माण भइरहेका छन् । २÷३ वटा वडा कार्यालय निर्माणाधिन अवस्थामा छन् । ३ वटा निर्माण गर्न बाँकी रहेका छन, ती वडा कार्यालयका भवन छिट्टै बनाउने तयारी भइरहेको छ ।
४. वेदकोट नगरपालिकामा विभिन्न भौतिक संरचनाका लागि भवन निर्माण भइरहेका छन् ।
५. सभा हल, गोदाम, सामुदायिक भवन, सेवा केन्द्र भवन निर्माण भएका छन् ।

पर्यटन पूर्वाधार तथा धार्मिक सांस्कृतिक क्षेत्रको विकास

१. वेदकोट नगरपालिकाका मुख्य धार्मिक, पर्यटकीय, सांस्कृतिक क्षेत्रको विकासका लागि वेदकोट नगरपालिकाले यातायात सहज बनाउन सडक निर्माण गरी कालोपत्रे गर्ने, सडक स्तरोन्नती गर्ने, पक्की पुल निर्माण गर्ने काम गरेको छ ।

२. वेदकोट तालमा भ्यू टावर निर्माण, धर्मशाला निर्माण, गेट निर्माण, मञ्च निर्माण, ताल संरक्षण, सूचना केन्द्र भवन निर्माण, पिकनिक स्पट निर्माण, उज्यालोको व्यवस्था, सोलार बत्ती, शौचालय लगायत विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

३. शिव लिंगेश्वर धाममा मन्दिर निर्माण, गेट निर्माण, हल निर्माण, झोलुंगे पुल निर्माण, पार्क निर्माण, सेल्फी प्वाइन्ट निर्माण, पार्किङ, भूसंरक्षण लगायतका कार्यहरु सम्पन्न भएका छन् । गुरुयोजना अनुसार शिव लिंगेश्वरमा ७ करोडको टेण्डर भएको छ । थप काम गर्न आश्रम भवन, अफिस भवन, पूजा हल, सत्संग हल, विवाह मण्डप, पसल निर्माण, पार्क निर्माण, पार्किङ निर्माण, सोलार बत्ती जडान, खानेपानी र शौचालय लगायतका संरचना निर्माण गरिने छन् । शिव–महादेवहरुको संग्रहालय निर्माण गर्न बहुबर्षिय योजनाका लागि संघीय सरकारसँग थप बजेट माग गरिएको छ ।

४. सिद्ध सरोबर ताल–चुनेपानी क्षेत्रको विकासका लागि धर्मशाला निर्माण, यज्ञशाला निर्माण, मूर्ती निर्माण, ताल संरक्षण, सडक ट्रयाक खोलेर कालोपत्रे सडक निर्माणको काम सम्पन्न भएको छ ।

५. भम्केश्वर मन्दिर–सडक निर्माण, मन्दिर निर्माण लगायतका विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

६. बैजनाथ मन्दिर बछेलामा सडक निर्माण, यज्ञशाला निर्माण, सिडि र फुटपाथ निर्माण गरिएको छ ।

७. वेदकोट नगरपालिकामा धार्मिक मठ मन्दिर, सांस्कृतिक क्षेत्रमा १०० भन्दा बढी स्थानमा पूर्वाधार निर्माण भएका छन् ।

८. पर्यटन क्षेत्रको दिगो विकासलाई टेवा पु¥याउन भ्रमण वर्षको आयोजना गरी अवलोकन भ्रमण सम्पन्न गरिएको छ ।

९. पर्यटकीय गन्तव्य हरुलाई पर्यटकिय क्षेत्र घोषणा गरी पूर्वाधार निर्माण भईरहेका छन् ।

वेदकोट नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरुमा सम्माननीय उपराष्ट्रपती नन्द किशोर पुन, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उप सभामुख माननीय शिवमाया तुम्बाहाप्फे, पूर्व पर्यटनमन्त्री योगेश भट्टराई, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत, पूर्व भूमि व्यवस्था मन्त्रि पदमा अर्याल, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश प्रमुख, प्रदेश सभामुख, विभिन्न देशका राजदुतहरुले भ्रमण अवलोकन गर्नु भएको छ । राष्ट्रका विभिन्न महत्वपूर्ण व्यक्तिहरु कलाकार, साहित्यकार, पत्रकार, योजनाविद्, भूगर्भविद् लगायतले यस क्षेत्रमा रहेका पर्यटन क्षेत्रको अवलोकन गर्नु भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती (दैजी औद्योगिक क्षेत्र)

नेपाल सरकारको निती तथा कार्यक्रम अनुसार एक प्रदेश एक औद्योगिक क्षेत्रमा एक औद्योगिक क्षेत्र स्थापन गर्ने उद्देश्यले सु.प प्रदेशमा वेदकोट नगरपालिका वडा नं. २ र ३ छेलामा दैजी औद्योगिक क्षेत्रको काम शुरुवात २०५१ साल देखि भएपनि पछि गएर रोकिएको थियो । २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि दैजी औद्योगिक क्षेत्र स्थापनका लागि आ.व २०७४÷०७५ मा म्एच् र भ्क्ष्ब् तयार गर्न परामर्शदातासँग सम्झौता गरी काम अघि बढेको थियो । विभिन्न समयमा विभिन्न महत्वपूर्ण काम गर्दै २०७७ श्रावण १८ गते भ्क्ष्ब् प्रतिबेदन स्वीकृत भएको र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फाल्गुन १० गते दैजी औद्योगिक क्षेत्रको शिलान्यास गर्नु भएको थियो । दैजी औद्योगिक क्षेत्र निर्माणका लागि सात अरब भन्दा बढी लगानीमा १२४ वटा उद्योग स्थापना गरी ३० हजार भन्दा वढीलाई रोजगारी दिने गरी दैजी औद्योगिक क्षेत्रको स्थापना गरिने गरी काम अघि बढेको छ ।

सामुदायिक (छाडा) गाई गोरु व्यवस्थापन

वेदकोट नगरपालिकाका सडक, नहर, खुला चौर लगायत सार्वजनिक क्षेत्रमा छाडिएका चौपाया (छाडा गाई गोरु) २०७४ कात्र्तिक देखि २०७८ फागुन सम्म ७० पटक भन्दा बढी पटक विभिन्न स्थानबाट लगेर गौशालामा राखि व्यवस्थापन (पालन पोषण) गर्दै आइरहेको छौं । वेदकोट नगरपालिकाको वडा नं. ६ चुनेपानीमा व्यवस्थितरुपमा गौशाला संचालनमा रहेको छ । थप गौशाला सञ्चालन तथा छाडा चौपाया व्यवस्थापन गर्न सामुदायिक वन तथा संघ संस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारी गर्ने कार्यक्रम रहेको छ ।

जनताको जग्गा जनताको नाममा : अभियान अन्तर्गत

  •  वेदकोट नगरपालिकामा ९ हजार भन्दा बढी घर परिवार अव्यवस्थित बसोबासी र भूमिहिन सुकुम्बासी रहेको तथ्यांक रहेको छ । तथ्यांक संकलन २०७७ फागुन १ देखि गरेको र तथ्यांक प्रविष्ट २०७७ चैत्र १५ देखि सुरु भएको थियो । कोभिडले रोकिएको काम फेरी शुरु भएको र २०७८ असारमा जग्गाको नाँप जाँचका लागी न्एक् प्वाइन्ट राखिएको थियो । त्यसपछि २०७८ श्रावण २० गते देखि अव्यवस्थित बसोबासीको जग्गा नाँप जाँच प्रकृया शुरु भएको थियो । तर, आयोग विगठन भएका कारण केहि दिनपछि जग्गा नापी कार्य बन्द भएको थियो । पुनः राष्ट्रिय भुमि आयोग गठन भएपछि २०७८ पौष २३ र २४ गते आयोगसँग सम्झौता गरी अव्यवस्थित बसोबासीको जग्गा नाँप जाँच (नापी कार्य) २०७८ फागुन १० गते देखि ५ वटा वडामा ७ वटा टोलीले जग्गा नाँप जाँच नापीको काम वडा नं. १, २, ३, ४ र ५ नं. वडामा जग्गा नापीको काम सकिएको छ । बाँकी वडाहरुमा क्रमशः ६, ७, ८, ९ र १० मा नापीको काम भइरहेको छ । जग्गा नापी गरी जनतालाई जग्गा धनि पुर्जा दिने गरी काम अघि बढेको छ । २०७९ असार महिनासम्म सबै वडाका ११००० घर परिवारको जग्गा (नापी) नाँपजाँच गरिसक्ने योजना र कार्यक्रम रहेको छ ।
  • गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न सिप तथा रोजगारमुलक कार्यक्रम संचालन भएका छन् ।
  • सहकारीको माध्यमबाट विभिन्न कार्यक्रम र आर्थिक विकास र सामाजिक विकासका कार्यक्रमहरु संचालन भएका छन् ।
  • छुट मुक्त कमैया परिवारको पुनःस्थापना भएको छ ।
  • वेदकोट नगरपालिकाको भूउपयोग नक्शा तयार गर्ने काम भइरहेको छ ।
  • सरकारी, सार्वजनिक तथा गुठीका अतिक्रमित जग्गा फिर्ता गरी स्थानीय सरकार मातहत ल्याइएको छ ।
  • मुक्त कमैयाका घर बनाउन काठको रकम उपलब्ध गराइएको छ ।
  • मुक्त कमैयाहरुलाई विभिन्न सिपमुलक, व्यवसायमुलक तालिम दिएर उद्यमी बनाइएको छ ।

पूर्वाधार निर्माण

– वेदकोट नगरपालिकाको प्रशासकीय भवन निर्माण गरेर एक वर्षमै सोही भवनबाट सेवा संचालन भएको थियो ।
– वडा कार्यालयका भवनहरु निर्माण भएका छन्
– सबै वडाहरुमा (स्वास्थ्य सेवा केन्द्र) सामुदायिक स्वास्थ्य सेवा केन्द्रका भवनहरु निर्माण गरिएका छन् ।
– बर्थिङ्ग सेन्टरका भवनहरु (६ वटा वडाहरुमा) निर्माण गरिएका छन् ।
– १३ वटा खानेपानी आयोजनाका संरचनाहरु निर्माण भएका छन् ।
– ९ वटा पक्की पुलहरु निर्माण कार्य सम्पन्न, २ वटा निर्माणाधिन रहेको, केही पक्की पुल टेण्डरको प्रक्रियामा रहेका छन् ।
– विद्यालयका १०० वटा कक्षा कोठाहरु लगायत अन्य संरचनाहरु निर्माण भएका छन् ।
– पर्यटन पूवाधार निर्माण (विभिन्न धार्मिक पर्यटकिय क्षेत्रमा) भएको छ ।
– महाकाली सिंचाई तेस्रो चरण आयोजनाको नहरको संरचनाहरु निर्माण भएका छन् ।
– १८० भन्दा बढी सिंचाई बोरीङहरु र सिंचाई कुलो विस्तार र निर्माण गरिएको छ ।
– सामुदायिक भवनहरु निर्माण भएका छन् ।
– १२ कि.मि. फेन्सिङ मेसवायर वडा नं. १ र १० शुक्लाफाँटा निकुञ्ज संग जोडिएको बस्तीमा (मानव र वन्यजन्तु) बिच द्वन्द न्यूनिकरण गर्ने कार्य भइरहेको छ ।
– भूमिहीन सुकुम्बासीका लागि नमूना आवास भवन निर्माण गरिएको छ ।
– खरका छाना हटाएर जस्ता पाता लगाउने कार्य भइरहेको छ ।
– जनता आवास (दलित आवास) भवन निर्माण भएका छन् ।
– ४ वटा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ र ३ वटा निर्माणाधिन अवस्थामा रहेका छन् ।
– सयौं स्थानमा कल्भर्ट निर्माण गरिएको छ ।
– कोल्ड स्टोर निर्माण भइरहेको छ ।
– पुस्तकालय भवन निर्माण गरिएको छ ।
– सभा हल
– पार्क
– कभर्ड हल
– जिम हाउस
– स्वीमिङ्ग पुल
– क्रिकेट स्टेडियम
– धर्मशाला
– खेलकुदका संरचनाहरु
– सडक पूर्वाधार, ढल निकास नाली निर्माण र बहूवर्षिय योजनाहरुको ठेक्का सुरु गरिएको छ ।
– आईसोलेसन भवन
– रेडक्रस भवनहरु
– सिसि टिभी, सोलार बत्ती जडान
– नदी तटबन्धका ठूलाठूला कार्यक्रम

अक्सिजन प्लाण्ट
हस्पीटल निर्माण

युवा खेलकुद क्षेत्रमा

  •  बेरोजगार युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरिएको छ ।
  • कभर्ड हल निर्माण गरिएको छ ।
  • क्रिकेट स्टेडियम निर्माण गरिएको छ ।
  • जिम हाउस निर्माण गरिएको छ ।
  • खुला जिम हाउस निर्माण गरिएको छ ।
  • दैजी औद्योगिक क्षेत्र स्थापना गरी १२४ वटा उद्योग संचालन गर्दा ३० हजार युवालाई रोजगारी दिन ७ अरब भन्दा बढीको योजना अघि बढाईएको छ ।
  • स्वीमिङ्ग पुल र पार्क निर्माण गरिएको छ ।
  • खेलाडीहरुलाई सम्मान कार्यक्रम पुरस्कार एक वडा एक खेल मैदान निर्माण भएको छ ।
  • विभिन्न खेलकुद कार्यक्रहरु आयोजना, प्रयोजन/सहयोग र सहभागीता राष्ट्रिय प्रतियोगिता गरिएका छन् ।
  • राष्ट्रपती रनिङ्ग शिल्डको आयोजना
  • खेलाडीलाई सम्मान
  • एक वडा एक खेल मैदान निर्माण
  • लागूऔषध ओसारपसार विरुद्ध अभियान
  • नमूना युवा संसद कार्यक्रम
  • स्थानीय युवा क्लब मार्फत खेलकुद प्रतियोगिता संचालन
  • नगर किशोरी संजाल गठन र कार्यक्रम
  • युवा संजाल गठन र कार्यक्रम
  • निःशुल्क लोकसेवाका कक्षाहरु संचालन गरिएको ।
  • विभिन्न व्यवसाय संचालन गरेका युवाहरुलाई बिउ, पुँजी वा सामाग्री हस्तान्तरण गरेको ।
  • विपन्न गरिब विद्यार्थीहरुलाई निः शुल्क पढाउने गरेको ।
  • प्राविधिक शिक्षा पढन छात्रवृतिको व्यवस्था गरेको ।
  • विभिन्न सिपमुलक, रोजगार मुलक कार्यक्रम संचालन गरेको ।
  • दुव्यव्यसनमा परेका व्यक्तिहरुलाई उपचार र पुनःस्थापना गरी उद्यामशिलता र आत्मनिर्भर बनाउने कार्यक्रम संचालन गरेको ।

बालवालिका,जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा

  •  नमुना किशोरी संजाल गठन गरी बिभिन्न रचनात्मक, सृजनात्मक काम गरिएका छन् ।
  • युवा संजाल गठन गरी सामाजिक कामहरु गरिएका छन् ।
  • १० वटै वडामा महिला शक्ति केन्द्र गठन गरेर सशक्तिकरण गर्दै हिंसामुक्त नगरपालिका बनाउने कार्यक्रम संचालन गरिएको ।
  • महिला बिरामीका लागि विशेष स्वास्थ्य शिविर संचालन गरेको ।
  • महिलाहरुका लागि सिप विकास तालिम, व्यवसायिक तालिम संचालन गरी आयमुलक रोजगारमुलक कार्यक्रम संचालन गरिएको ।
    ड्ड महिलाहरुले संचालन गरेको उद्योग व्यवसायीलाई सहयोग गरेको ।
  • नेतृत्व विकास, क्षमता विकासका कार्यक्रम संचालन गरेको ।
  • अन्तर पार्टी महिला संजाल गठन गरी कार्यक्रम गरेको ।
  • हिंसामा परेका महिलाहरुलाई निः शुल्क कानुनी सहायता उपलब्ध गराएको छ ।
  • छाउपडि भएका बस्ति र वडाहरुमा जनचेतनामुलक कार्यक्रम गरेर छाउपडि महिनावारी भएको बेला बस्ने सानो घरलाई भत्काएर छाउपडि मुक्त वडा घोषणा गरेको ।
  • सुत्केरीका लागी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको ।
  • महिलाहरुलाई राजनीतिमा, सामाजिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा नेतृत्वका लागि विभिन्न क्षमता विकास तालिम संचालन गरेको ।

वन्यजन्तु द्वन्द न्यूनिकरण

  • १२ कि.मि फेन्सिङ्ग मेस वायर निर्माण गरी जंगली जनावर वन्यजन्तुबाट हुने वालीनालीको नोक्सानीको रोकथाम नियन्त्रण गरीएको र थप फेन्सिङ्ग मेस वायर निर्माण गर्ने कार्यक्रम
  • जंगली जनावरले क्षती गरेको बालीनालीको राहत उपलब्ध गराउने गरेको ।

दैविप्रकोप नियन्त्रण तथा विपद व्यवस्थापन

  • हावाहुरीले ३०० भन्दा बढी घर भत्काएर क्षती पुगाएको घर घरमा गएर नगर प्रमुखको नेतृत्वमा क्षतीको विवरण संकलन गरी राहत उपलब्ध गराएको र घाईतेहरुको उपचार भैरहेको अस्पतालमा गएर स्वास्थ्य उपचारका लागि आर्थीक सहयोग गरेको ।
  • आगलागी भएर घर, पसल, गौशाला, भन्सा लगायत क्षती भएको घरमा राहत, आवश्यक सामाग्री उपलब्ध गराएको ।
  • अबिरल वर्षाले घर भत्काएको, घर डुवान भएका घर परिवारलाई राहत उपलब्ध गराएको ।
  • कोभिडका कारण लकडाउन भएका समयमा गरिब, विपन्न तथा ज्यालादारी गर्ने श्रमिक मजदुरको घर घरमा गएर नगर प्रमुखले कुन घरमा के समस्या छ त्यो हेरेर बुझेर तत्काल राहत उपलब्ध गराएको ।
  • चिसो जाडोयाममा दाउरा, मुडाको व्यवस्थापन गरी चिसोबाट जोगिने कार्य गरेका छौं ।
  • विपन्न घर परिवारका व्यक्तिलाई र जेष्ठ नागरिक आमा बुवालाई न्यानो लुगा वितरण गरेका छौं ।

अन्य महत्वपूण कार्यहरु

  •  वेदकोट नगरपालिका ऐन, नियमावली, निर्देशिका, कार्यविधी १०० भन्दा बढी निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
  • कोभिड बिरुद्धको खोप अपाङ्गता भएका व्यक्तीहरुलाई घरघरमा गएर खोप लगाउने कार्य गरेको ।
  • स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतना सम्बन्धी कार्यक्रम गरेको ।
  • अपाङ्गता भएका व्यक्तीहरुलाई सहायक सामाग्री उपलब्ध गराएको ।
  • जेष्ठ नागरिक, खेलाडी, विद्यार्थी, शहिद परिवार, एकल महिला,द्वन्द पिडित परिवारलाई वेदकोट नगरपालिकाले सम्मान गरेको
  • विपन्न भएका घर परिवारहरुलाई सुधारिएको चुलो बितरण गरिएको ।
  • महिला, दलित, आदीबासी जनजाती, लोपन्मुख समुदाय, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, भुमिहिन– सुकुम्बासी, एकल महिला, शहिद परिवार,द्वन्द पिडित, आरक्ष पिडित, दृष्टि बिहिन, बहिरा,अपांगता भएका र बौद्धिक अपांगता भएका व्यक्ति, युवा, किशोर, बालवालिकाहरुका लागि विभिन्न, सिपमुलक, व्यवसाय मुलक, रोजगार मुलक, क्षमता विकास,जनचेतना मुलक, सामाजिक विकृती विसंगती बिरुद्धका कार्यक्रम संचालन गरिएका छन ।
  • मदिरा नियन्त्रण तथा लागुपदार्थ ओसार पसार बिरुद्धका कार्यक्रमहरु संचालन भएका छन ।
  • सामुदायिक वन संगको साझेदारी, समन्वय र सहकार्यमा वन विकास, सामुदायिक विकास, गरिबी निवारण गर्न विभिन्न उद्यमशिलताका कार्यक्रमहरु संचालन भएका छन ।
  • सब डिभिजन वन कार्यालय संगको सहकार्यमा बिरुवा उत्पादन गर्ने र नागरिकहरुमा निः शुल्क वितरण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्