जिम्बावे ‘ए’ सँगकाे एकदिवसीय शृङ्खलामा नेपाल विजयी

काठमाण्डाै – जिम्बावे ‘ए’ सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेकाे छ । जिम्बावे ‘ए’ ले दिएकाे एक सय १४ रनकाे लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे ।

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनाेद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ‘ए’ का ब्रान्डन मभुताले तीन विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावे ‘ए’ ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयाे । उसका लागि तालिवाेनाशे मरुमानीले ५०, कुदजाई माैनजीले ३९ र राेए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशाेर महताेले पाँच विकेट लिए । त्यस्तै साेमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

वर्षाका कारण मैदान चिसाे भएका कारण आजकाे खेल ३३ ओभरमा झारिएकाे थियाे ।

आजकाे जितसँगै नेपालले तीन खेलकाे एकदिवसीय शृङ्खला दुई–एकले जितेकाे छ । यसअघि तीन खेलकाे टी–२० शृङ्खलामा एक–एककाे बराबरी भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्