सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ र रोल्पामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-११ भाइरल रोडस्थित सडकमा हापुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकल शनिबार राति अनियन्त्रित हुँदा मोटरसाइकल चालक लमही नगरपालिका-९ रिहार बस्ने २४ वर्षीय सुनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

यस्तै रोल्पाको माडी गाउँपालिका-४ रिचावाङस्थित सडकमा रा ४ प ४८१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक परिवर्तन गाउँपालिका-५ राङकोट बस्ने ३० वर्षीय मनिपाल बुढा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्