काठमाडौँमा भारि वर्षा, आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

FILE PHOTO

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । काठमाण्डौका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्