स्थानीय तह चुनावमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राखिने

काठमाडौं – सरकारले यही वैशाख ३० गते हुने स्थानीयत तह निर्वाचनमा सबै मतदान केन्द्र नजिकै खोप केन्द्र पनि राख्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले सबै मतदान केन्द्रमा खोप केन्द्र राखेर कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिनुभयो । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता मिश्राले मतदान केन्द्रसँगै खोप केन्द्र पनि रहने भएकोले बुस्टर डोज नलगाएको भएमा मतदान गर्न जाँदा खोप कार्ड पनि लिएर जान आग्रह गर्नुभयो ।

उहाँले खोप कार्ड सम्भव नभएको खण्डमा परिचयपत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्